एसईईको नतिजा प्रकाशित (विवरणसहित)

१ लाख १२ हजार विद्यार्थीले २ देखि २ दशमलब ४ जिपिए ल्याए



९ हजार ६ सयले ३.६० देखि ४ जिपिए ल्याए

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा सबै भन्दा बढी २ देखि २ दशमलब ४ जिपिए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७ सय ३३ छन् । त्यसैगरी १ दशमलब ६ देखि २ जिपिए ल्याउने परीक्षार्थीको संख्या १ लाख ५ सय ९४ जना रहेका छन् ।

परीक्षामा २२ हजार ५ सय ३७ परीक्षार्थीले पुरै परीक्षा दिएनन । त्यस्तै १ सय ३ परीक्षार्थी एसफेल भएका छन् ।

विवरण अनुसार ३ दशमलब ६ देखि ४ जिपिए ल्याउने परीक्षाथीको संख्या ९ हजार ६ सय ३३ रहेको छ । त्यस्तै ३ दशमलब २ देखि ३ दशमलब ६ जिपिए ल्याउने परीक्षार्थीको संख्या ४१ हजार ६ सय २७ रहेका छन् । २ दशमलब ८० देखि २ दशमलब २ल्याउनेको संख्या ७९ हजार ९ सय छन् । ९० हजार ७ सय ५८ जनाले २ दशमलब ४ देखि २ दशमलब ८ जिपिए ल्याएका छन् ।

हेर्नुहोस् नतिजा विवरण :

प्रतिक्रिया दिनुहोस्