हेरल्ड कलेजबाट पाँच सय विद्यार्थी दीक्षित



काठमाडौं ।

हेरल्ड कलेज काठमाडाैंले चार सय ८१ विद्यार्थीलाई एक समारोहकबा बीच बुधबार दीक्षित गरेको छ ।कलेजले एक प्रेस विज्ञप्ति जारी गरी बताएअनुसार विगत दुई शैक्षिक सत्रमा बीएस्सी हन्स कम्प्युटर साइन्स, बीएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टबाट उत्तीर्ण भएका विद्यार्थी दीक्षान्तमा सरिक थिए ।

आईएनजी ग्रुपअन्तर्गत पर्ने हेरल्ड कलेजले बेलायती विश्वविद्यालय युनिभर्सिटी अफ वुल्भर ह्याम्पटनबाट सम्बन्धन प्राप्त गरेको छ । दीक्षान्त समारोहमा युनिभर्सिटी अफ वुल्भर ह्याम्पटन विश्वविद्यालयका प्रोभाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

आइएनजी ग्रुपका संस्थापक अध्ययक्ष सुलभ बुढाथोकीले हेरल्ड कलेजले विद्यार्थीलाई नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दैआएको बताउनुभयो । बुढाथोकीले भन्नुभयो– ‘हेरल्ड कलेजबाट दीक्षित विद्यार्थीले नेपालमामात्रै नभई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम छन् ।’

प्रतिक्रिया दिनुहोस्