नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको साधारण शेयर प्रत्याभूति गर्ने



काठमाडौं ।

नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनीको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।

दुई संस्थाले शेयर प्रत्याभूति सम्बन्धी सम्झौता गरेका छन् । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत् कम्पनीका तर्फबाट भूषण गुरागाईंले हस्ताक्षर गरेका थिए ।

कम्पनीले ५४ लाख ८८ हजार कित्ता साधारण शेयर निष्कासनमा ल्याउँदै छ । कोषले १०० रुपैयाँ अंकित दरले ५४ करोड ८८ लाख रुपैयाँको शेयर प्रत्याभूति गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्