कम्युनिस्ट पार्टीका शीर्ष पाँच नेताहरुको संयुक्त बैठक जारी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, डा. बाबुराम भट्टराई र वामदेव गौतमसहितको संयुक्त बैठक शुरु भएको छ ।

आज (मंगलबार) प्रचण्ड, नेपाल, खनाल, बाबुराम र वामदेव गौतमसहितको संयुक्त बैठक सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा शुरु भएको हो ।

बैठकमा समाजवादी केन्द्र गठन, प्रचण्डको भारत भ्रमण, आगामी निर्वाचनमा सत्तारुढ गठनबन्धन र समसामयिक विषयमा छलफल हुने बाबुरामको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्