एनएफपिजे फुट्सल प्रतियोगीतको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई



काठमाडौं।

एनएफपीजे फुट्सल प्रतियोगीतको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५औं वार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट प्रतियोगितको उपाधी हाम्रो फुट्सल पत्रकार टिमले जितेको हो ।

स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्प्रधा भएको थियो । उक्त कार्यक्रममा वरिष्ठपत्रकार ऋषि धमलाको टिम, सिलापत्र, गोरखापत्र, रासस, हाम्रो जन्मभूमि, नियात्रा टिभि रेडियो पर्यावरण, फोटोपत्रकार सघ धादिङलगायत हाम्रो फूटसल टिम, गुरुङ पत्रकार संघ सहाभागी थिए ।

त्यसैगरि दोस्रो चरणमा जितेर आएका ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिमबीच खेल भएको थियो । हाम्रो फुटसल पत्रकार टिम वाइ पाएर सिँधै फाइनलमा पुगेको थियो ।

सेमिफाइनलमा एटजोनलाई हराएर आएको धादिङ टीमलाई २ का विरुद्ध ४ गोल अन्तरले हराउँदै हाम्रो फुटसल पत्रकार टीमले उपाधि हात पारको थियो । १५ मिनेटको खेलमा हाम्रो फुटसल टीमका बासु अवाल र आसिश पुडासैनीले २/२ गोल गरेका थिए । म्यान अफदी म्याच बासु अवालले पाएका छन् ।

उत्कृष्ट गोलकिपर धादिङ फोटोपत्रकार सघंका श्रीकष्ण भण्डारी पाउन सफल भए । विजेताहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र संस्थाका अध्यक्ष प्रदीपराज वन्तले वितरण गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्