ओखलढुंगामा लडेर एक पुरुषको मृत्यु


ओखलढुंगा । ओखल ढुंगामा पाखा बारीको डिलबाट लडेर एक पुरुषको मृत्यु भएको छ । लडेर ज्यान गुमाउनेमा जिल्लाको मोलुङ गाउँपालिका–८ सेरबानी निवासी ५१ वर्षीय युवराज राई रहेका छन् ।

बिहीबार बिहान आफ्नै पाखा पारीको गोठमा उनी गाईबस्तुलाई घाँस दिन गएका थिए । सोही क्रममा लडेर उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक केशब अधिकारीले बताए ।

प्रहरीका अनुशार मृतक राई बारीको डिलबाट झन्डै ५० मिटर तल खसेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।