कटुवा पेस्तोलसहित दुईजना पक्राउ



काठमाडौं । कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका-१ ठाडगाउँबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ठाडगाउँका २६ वर्षीय धिरज मुखिया र ३५ वर्षीय अनिल मुखिया छन् । उनीहरुको साथबाट एकथान कटुवा पेस्तोल बरमद गरेको प्रहरीले जनाएको छ ।

हिजो (बुधबार) बिओपी पिपरपातिबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनीहरुको साथमा कटुवा पेस्तोल फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्