दोदामा डुबेर बालकको मृत्यु


कञ्चनपुर । जिल्लाको दोदा नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार दोदा नदीमा डुबेर बेलौरीका नगरपालिका–५ का सुनिल चौधरीको १४ वर्षीय नीरज चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार नदीमा साथीहरूसित खेल्ने क्रममा चौधरीको मृत्यु भएको हो । बालकको शव श्रीपुर प्राथिमक स्वास्थ्य केन्द्रमा परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।