प्रेस युनियनको अध्यक्ष पदमा विन्दुको उम्मेदवारी


पोखरा । नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनको अध्यक्ष पदमा अनिता विन्दुले उम्मेदवारी घोषणा गरेकी छन् । आसन्न साउनमा हुने नबौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष पदमा विन्दुले उम्मेदवारी घोषणा गरेकी हुन् ।

आज (बुधबार) गण्डकी प्रदेश पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युनियनकी पूर्व उपाध्यक्ष अनिता विन्दुले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

विन्दुले उम्मेदवारी घोषणा गर्दै भनिन्, ‘लोकतन्त्रको मूल्य मान्यताबाट बिचलित हुन नदिन, सरोकारवाला निकायहरुलाई सही मार्गमा डोहोर्याउन र खबरदारी गर्नसक्ने हैसियतको संस्था प्रेस युनियनलाई अझ सशक्त र सुदृढ बनाउन मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।’

आसन्न साउन ६ र ७ गते हेटौडामा नेपाल प्रेस युनियनको महाधिवेशन हुने भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।