इद पर्वका अवसरमा आइतबार सार्वजनिक बिदा



काठमाडौं ।

सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।

इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्