नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय रद्द



काठमाडौं ।

घरेलु टोली क्यानडा र नेपाल राष्ट्रिय क्रिकेट टोलीबीचको पहिलो एकदिवसीय खेल वर्षा कारण रद्द भएको छ । मंगलबार राति किङ सिटी स्टेडियममा तय खेल भारी वर्षाका कारण टससमेत नभई रद्द भएको हो । दोस्रो खेल आज बुधबारका लागि तय भएको छ ।

यसअघि नेपालले स्थानीय ओन्टारियो क्लबसंग दुई अभ्यास खेल खेलेको थियो । एक दिवसीय र टी(२० फर्म्याटमा खेलिएको दुबै खेलमा नेपाल विजयी भएको थियो ।यसपछि नेपाली टिम स्कटल्यान्ड भ्रमणमा निस्कने छ । विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल आयोजक स्कटल्यान्ड र नामिबिया प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्