कांग्रेस पदाधिकारी बैठक : भातृ संगठनका बारेमा छलफल



काठमाडौं । संघीय संसद्को आगमी निर्वाचन र भातृ संगठनका समस्याका बारेमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रारम्भिक छलफल भएको छ ।

आज (मंगलबार)देखी सुरु भएको पदाधिकारी बैठकमा मुख्यत भातृ संगठबनमा देखा परेका समस्या समाधावन र मर्ज लगायतका विषयमा छलफल भएको हो ।

नयाँ भातृ संगठनका लागि निवेदन आएकाले सोही विषयमा बैठक केन्द्रित भएको प्रवक्ता प्रकाश शरण महतले बताए । ‘भातृ संगठनका लागि निवेदन आएका छन्, केहीमा समस्यामा देखा परेका छ, त्यसलाई कसरी हल गर्ने भन्ने बारेमा छलफल भएको छ’ प्रवक्ता महतले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि सो बैठक उपाध्यक्ष पुर्णबहादुर खडकाको सभापतित्वमा बसेको थियो । बैठकमा पूर्वपदाधिकारीसहित केही केन्द्रीय सदस्यहरुको पनि उपस्थिीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्