एमालेले चुनावमा अन्तर्घात गर्नेमाथि छानबिन समिति बनायो



काठमाडौं ।

स्थानीय तहको निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातको कारण धेरै स्थानीय तहमा निर्वाचन हारेको निष्कर्षसहित नेपाल कम्युनिस्ट पार्टी एमालेले अन्तर्घात गर्नेमाथि कारबाही गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीभित्र व्यापक रूपमा माग भएसँगै स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न समिति बनाउने निर्णय गरेको हो ।

नेता विष्णु पौडेलका संयोजकत्वमा एमाले सचिवालय बैठकले पौडेलको संयोजकत्वमा निर्वाचन विभाग र संगठन विभाग प्रमुख सदस्य रहनेगरी उजुरी छानबिन समिति बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सोही छानबिन समितिको निष्कर्षका आधारमा पार्टीले अन्तर्घातीलाई आवश्यक कारबाही गर्ने जनाएको एमालेले स्थानीय चुनावबाट पार्टी मुल शक्तिका रूपमा स्थापित भए पनि परिणाम अपेक्षा गरेअनुरूप हुन नसकेको निष्कर्ष निकालेको छ ।

अन्तर्घातको कारण कारण आन्तरिक समस्याहरू बढ्दै गएको बताउँदै गुरुङले पार्टीभित्र देखापरेका अनुशासनहीनता र अराजकतालाई अन्त्य गरेर पार्टीलाई चुस्त÷दुरुस्त बनाएर चुनावमा जाने निर्णय भएको बताउनुभयो । असार मसान्तभित्र स्थानीय निर्वाचन समीक्षा गरिसक्ने निर्णय भएको बताउँदै उहाँले त्यसका लागि जिल्ला तथा मातहत कमिटीहरूले गरेको आत्मसमीक्षा असार मसान्तभित्र पार्टी हेडक्वार्टरमा उपलब्ध गराउन पनि निर्देशन दिएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्