बुटवलबाट ९ वटा मोटरसाइकल चोरी गरी दाङमा बिक्री गर्ने १२ जना पक्राउ



बुटवल । बुटवलबाट ९ वटा मोटरसाइकल चोरी गरी दाङमा बेच्ने १२ जना पक्राउ परेका छन् । लामो समयदेखि मोटरसाइकल चोरी गर्ने मुख्य गिरोहसहित १२ जना पक्राउ परेका हुन् ।

दिउँसो पार्कमा पार्कीङ र घरभित्र राखेका मोटरसाइकल दिनहुँजसो चोरी गरेर हैरान पार्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ९ वटा चोरीका मोटरसाइकल पनि जफत गरिएको वडा प्रहरी कार्यालय बुटबलका प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक पुस्करसिंह ऐरीले बताए ।

बुटबलका बिभिन्न ठाउँमा मोटरसाइकल चोरी गरी राप्तीपारी लिएर बिक्री गर्ने गरेको चोरीमा संलग्न व्यक्तिहरूले नै स्वीकार गरेको ऐरीले बताए । बुटबल आसपासमा मोटरसाइकल चोरी भएको सूचनाको आधारमा गढवा गाउँपालिका–६ मा पुगेका प्रहरीले स्थानीय प्रहरीको सहयोगमा १२ जनालाई प्रकाउ गरेको प्रहरी प्रमुख ऐरीले बताएका छन् ।

ऐरीका अनुसार खोजतलास गदै जाँदा चोरी गरिएका मोटरसाइकल आपसमा मोलमोलाइ गर्दैगर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाउ पर्नेमा दाङको गढवा गाउँपालिका–६ बस्ने क्यानोन क्षेत्री, करण बस्नेत, बरुण कुमाल, आन्नद परियार, ,नसिम धुनियाँ, आरएस सिह ठकुरी ,शिवम् यादव, ,लक्ष्मी बिष्ट र ओसिम पठान रहेका छन् ।

त्यस्तै गढवा गाउँपालिका–५ बस्ने गोपाल चौधरी दाङ लमही उपमहानगरपालिका–३ बस्ने घनश्याम चौधरी राप्ती गाउँपालिका– ८ बस्ने सुवास चौधरीलाई प्रहरीले प्रकाउ गरेर बुटबल ल्याएको हो ।

उनीहरूको साथबाट चोरी गरेका लु ५६ प रातो कालो रङ्गको २२० सिसिको पल्सर मोटरसाइकल लु ५१ प ३९४१ नम्बरको निलो रङ्गको २२० सिसिको पल्सर लु ४९ प ४८६० नम्बरको कालो रङ्गको २०० सिसिको पल्सर लु २९ प ९२६५ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल लु ५० प ६४२७ नम्बरको रातो कालो २२० सिसिको मोटरसाइकल रा ६ प ८५३५ २०० सिसिको एन एक्स रा ५ प ९०७३ नम्बरको मोटरसाइकल रा ४ प ४६६ नम्बरको निलो कालो पल्सर र नम्बर प्लेट नभएको १ सय ५० सिसिको पल्सर मोटरसाइलसमेत बरामद गरेको प्रहरी प्रमुख ऐरीले बताए ।

चोरीमा संलग्न पक्राउ परेकाहरूमाथि चोरी अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटबलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्