अमेरिकामा क्रिकेटप्रति बढ्दो चासो



काठमाडौं । 

अमेरिकामा क्रिकेटको चासो बढिरहेको छ । यसको कारण अमेरिकामा बसेका भारतीय नागरिक हुन् । अमेरिकामा बसोबास गर्नेमा नेपालीहरूझै भारतीय नागरिक पनि धेरै छन् । भारतीयहरूको क्रिकेट प्रेम पनि गाढा छ । यसैले, अमेरिकामा क्रिकेट फस्टाइरहेको छ । भारतीय खेलाडीमा पनि धेरै जसो भारतमा खेलिसकेकाहरू हुन् ।

हालै पनि अमेरिकामा नेपाली टोलीले त्रिकोणीय सिरिज खेलेर आयो । उक्त सिरिजमा अमेरिकाले नेपाललाई पहिलो खेलमा बराबरी खेल्यो भने दोस्रो खेलमा नेपाललाई हराएको थियो । नेपाललाई हराउन भारतीय मूलका खेलाडीको प्रदर्शन नै महत्वपूर्ण भएको थियो ।त्यसो त अमेरिका क्रिकेटमा दखल भएको राष्ट्र पनि होइन, अमेरिका भन्नासाथ टेनिस, सकर, स्विमिङ, बेसबल, जिम्नास्टि जस्ता खेलमा राम्रो दखल भएको देशको रूपमा चिनिन्छ । तर, भारतीय नागरिकको बसोबास तीब्रगतिले बढेपछि त्यहाख् क्रिकेटको विकास पनि तीब्रगतिले नै हुन थाल्यो । यसले अमेरिकी खेलाडीलाई पनि क्रिकेटमा लोभ्याउन प्रशस्त मार्ग बनेको छ ।

अमेरिकामा क्रिकेटको बढ्दो लोकप्रियताले गर्दा लगानीकर्ताहरू पनि अगाडि आइरहेको छ । अमेरिकी भारतीय र अन्य कारोबारी क्रिकेटलाई अझ लोकप्रिय बनाउन र खेल्न सुविधाको लागि १२ करोड डलर लगानी गर्न लागिरहेका छन् । अमेरिकन क्रिकेट एन्टरप्राइज (एसीई) को मेजर लिग क्रिकेट (एमएलसी) लाई व्यावसायिक बनाउन पनि उक्त रकम हासिल भएको हो । २०२२–२३ को अन्त्यसम्म एमएलसी टी २० क्रिकेटको रोमाञ्चक प्रतियोगिता आयोजना गर्नेछ । यसमा अमेरिका र विश्वभरिका शीर्ष खेलाडीले खेल्ने पनि बताइएको छ । बलिउड किंग शाहरूख खानको कोलकाता नाइट राइडर्ससख्ग यसको भागीदारी भएपछि यो रकम प्राप्त भएको खुलासा गरेको छ ।

लगानीको उक्त रकम क्रिकेट रंगशाला र प्रशिक्षण केन्द्र बनाइनेछ । त्यहाख् नया पुस्ताका स्टार क्रिकेटर तयार हुनेछन् । सिएटलमा मेरीमूर क्रिकेट पार्क तयार गरिनेछ । यसमा विश्वकपसहित क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने पनि बताइएको छ । सिएटल अहिले अमेरिकाको क्रिकेट हब बनेको छ । यस ठाउख्मा क्रिकेट खेल्ने र मनपराउने व्यक्तिहरू बढिरहेका छन् ।एमसीएलको टोली सिएटल थन्डरबोल्ट टेक्नोलोजी एक्जिक्यूटिभ लगानीको लागि तयार भइसकेको पनि जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टेक्सासको मुसा रंगशालाको लागि स्वीकृत पनि दिइसकेको छ । यो अमेरिकाको दोस्रो र संसारको २ सय १३औं अन्तर्राष्ट्रिय वानडे क्रिकेट मैदान भएको छ । यसैगरी, अमेरिकी टोली आगामी टी २० पुरुष विश्वकप २०२४ मा छनोट हुन पनि सफल भएको छ ।

अमेरिकामा भारतीय खेलाडी

अमेरिकी क्रिकेट टोलीमा भारतीय मूलका खेलाडीको वर्चश्व रहेको छ । विकेटकिपर मोनांक पटेल, सौरभ नेत्रभाल्कर, सुशान्त मोदानी, निसर्ग पटेल आदि छन् । यसमध्ये महाराष्ट्रमा जन्मेका सुशान्त अमेरिकी टोलीका ओपनर हुन् । गुजरातमा जन्मेका मोनांक त अमेरिकी टोलीका कप्तान नै बनिसके । उनले भारतमा हुख्दा भारतीय यू–१६ क्रिकेट टोलीका लागि समेत खेलेका थिए । बलर निसर्ग अहमदाबादमा जन्मेका थिए । अर्का बलर सौरभ मुम्बईका हुन् ।

प्रतिक्रिया दिनुहोस्