डा. विनोदको प्याथलोजीसम्बन्धी पहिलो पुस्तक



काठमाडौं । 

धुलिखेल अस्पतालमा प्राध्यापकका रूपमा कार्यरत डा. विनोद ढकालले लेखेको प्याथलोजी (रोग विज्ञान) सम्बन्धी पुस्तक सार्वजनिक गरिएको छ । प्याथलोजीमा स्नातकोत्तर गरेका ढकालले लेखेको उक्त पुस्तक नेपाली लेखकको प्याथलोजी विषयसम्बन्धी पहिलो पुस्तक हो ।

सरल भाषामा लेखिएको पुस्तक बीएस्सी नर्सिङ, बीएनएस, ब्याचलर इन मेडिकल ल्याबरोटोरी टेक्नोलोजी, ब्याचलर इन मेडिकल इम्याजनिङ टेक्नोलोजी, ब्याचलर इन फिजियोथेरपी र एमबीबीएसका लागि उपयोगी हुने ढकालले बताउनुभयो । काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र सीटीइभीटीको पाठ्यक्रममा आधारित पुस्तक हालै धुलिखेल अस्पतालको सभा हलमा विमोचन गरिएको थियो ।

 

स्वास्थ्य विज्ञानका विषयमा प्रकाशित हुने हरेक पुस्तक अंग्रेजी भाषामा हुने र कतिपय विद्यार्थीहरूलाई बुझाउन कठिन हुने गरेका कारण नेपाली विद्यार्थीका लागि लक्षित गरी नेपाली भाषामा रोग विज्ञान नामक पुस्तक लेखेको जानकारी गराउनुभयो । उहाँले आफूले अध्ययन अनुसन्धानका आधारमा खोजी गरी नेपाली भाषामा पहिलो पुस्तक निकालेको र आगामी दिनमा पनि नेपाल र नेपाली विद्यार्थीहरूका लागि लक्षित गरी नयाँ नयाँ विधामा लेखन कार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्