जमनलाई २ पदक



काठमाडौं ।

नेपाली खेलाडी जमनसिंह गुरुङले १४औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा प्रथम डब्लुसीकेएफ विश्व कराते च्याम्पियनसिपमा २ पदक जितेका छन् ।

उनले कुमुतेमा स्वर्ण र सिनियर एकल कातामा रजत गरी २ पदक जितेको मानसिंह डोजोले जनाएको छ । दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगिताअन्तर्गत कुमुतेको पुरुष ७५ केजीमुनि जमनले फाइनलमा कोरियाका खेलाडीलाई ५–३ ले पराजित गर्दै स्वर्ण जिते ।

त्यसअघि, जमनले उज्वेकिस्तानका खेलाडीलाई २–० ले हराएका थिए । जमन विगत ५ वर्षदेखि दक्षिण कोरियामा छन् । उक्त प्रतियोगितामा मानसिंह डोजोका प्रमुख प्रशिक्षक महेश महर्जनले निर्णायकको भूमिका निर्वाह गरेको महेशले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्