नेपाल टी २० को लागि गभर्निङ काउन्सिल गठन



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आधिकारिक क्रिकेट लिग नेपाल टी २० को लागि गभर्निङ काउन्सिलको घोषणा गरेको छ ।

काउन्सिलमा क्यानले इन्डियन क्रिकेटर्स एसोसिएसनका अध्यक्ष अशोक मल्होत्रालाई मानार्थ सदस्य बनाएको छ ।

मल्होत्रा भारतीय क्रिकेट टिमका पूर्व प्रशिक्षक हुन् । क्यानले मल्होत्राको आगमनले प्रतियोगितालाई उत्कृष्ट स्तरमा चलाउन सकिने विश्वास व्यक्त गरेको छ ।

क्यानले घोषणा गरेको काउन्सिलमा निर्देशक– कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कार्यकारी सदस्य दुर्गाराज पाठक, मिडिया कमिटी सदस्य भानुभक्त सिग्देल र प्रतियोगिताको व्यावसायिक तथा रणनीतिक साझेदार सेभेनथ्रीस्पोर्टसका संस्थापक तथा प्रबन्ध निर्देशक जतिन अहलुवालिया छन् ।

नेपाल टी २० का लागि क्यानले यसअघि नै ६ टिमको नाम टुङ्गो लगाइसकेको छ ।

असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म हुने प्रतियोगिताको लागि क्यानले टिमको लागि ६ नाम विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न राखेको छ ।

प्रतिक्रिया दिनुहोस्