श्रीमतीको पनियो प्रहारबाट श्रीमान गम्भीर घाइते


नवलपरासी ।

पूर्वी नवलपरासीको कोल्हुवामा शनिबार बेलुका श्रीमतीले गरेको पनियो प्रहारले श्रीमान गम्भीर घाइते भएका छन् । घाईते हुनेमा मध्यबिन्दु नगरपालिका २ का ५३ वर्षीय बीर बहादुर बोटे रहेका छन् ।

घरायसी विवादमा श्रीमतीले गरेको पनियो प्रहारले घाइते भएका बोटेको उपचारका लागि जिल्ला अस्पताल डण्डा ल्याइएको थियो। उनको टाउकोमा गम्भीर असर देखिएकोले जिल्ला अस्पताल डण्डाले थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरेको छ ।
पनियोले आक्रमण गर्ने श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Skip This