उपमेयरबाट पराजित विष्टका छोराद्वारा एमाले नेतामाथि हातपात


इटहरी ।

इटहरी उपमेयरमा पराजित केशव विष्टका छोरा कैलाश विष्टले नेकपा (एमाले)का प्रदेश १ सदस्य हिमाल सुवेदीलाई हातपात गरेका छन् ।

सुवेदीलाई इटहरी संगीत चोक नजिकै साेमबार बिहान विष्ट नेतृत्वको तीनजनाको समूहले हातपात गरेका हुन् । सुवेदीको आँखामा चोट लागेको छ। सुवेदीलाई हातपात गर्नुअगाडि विष्टले धम्कीपूर्ण म्यासेज गरेको सुवेदीले बताए।

सुवेदीलाई हातपात गरेकाे विरोधमा एमाले कार्यकर्ताले नाराबाजी गर्दै इटहरीको इलाका प्रहरी कार्यालय अगाडि सडकमा धर्ना दिएका छन् ।

Skip This