बझाङकाे केदारस्युँमा समाजवादीका बोहरा विजयी 

0
Shares

बझाङ ।

केदारस्युँ गाउँपालिकामा एकीकृत समाजवादीका गणेश बहादुर बोहरा विजयी भएका छन् । नेकपा एमालेका लोकेश बहादुर भण्डारीलाई १ हजार ९१३ मतले पछि पार्दै बोहरा विजयी भएका हुन् ।

अध्यक्ष बोहराले ४ हजार ३२१ कूल मत पाएका छन् । गाउँपालिकाको उपाध्यक्षमा ३ हजार ९३१ मत ल्याएर नेपाली कांग्रेसकी मनिसा धामी विजयी भएकी छन् । उनले एमालेकी नारा गुर्धामीलाई १ हजार ७८२  मतलेपछि पार्दै विजयी भएकी हुन् ।

नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन रहेको यस पालिकामा अध्यक्षमा समाजवादीबाट बोहरा विजयी भएका हुन् । वडा नम्बर एकमा नेपाली कांग्रेसका वीरबहादुर भण्डारी, दुईमा एकीकृत समाजवादीका शेरबहादुर विष्ट, तीनमा समाजवादीकै वीरबहादुर खाती विजयी भएका छन् । त्यस्तै चार नम्वरमा एमालेका कल्यान मल्ल र पाँचमा मोहन ठगुन्ना विजयी भएका छन् भने वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका विजय धामी विजयी भएका छन् ।

वडा नम्बर ७ मा स्वतन्त्र चन्द्र धामी विजयी हुँदा वडा नम्बर ८ मा एकीकृत समाजवादीका सुरेश जेठारा विजयी भए । त्यस्तै गाउँपालिकाको वडा नम्बर ९ मा कांग्रेसका नन्दलाल बोहरा विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा विजयी भएका बोहरा यस अघि वडा नम्बर ८ का वडाअध्यक्ष हुन् भने उपाध्यक्ष धामी पालिकाको उपाध्यक्षमा अपराजित हुन् ।