गौमुल गाउँपालिकामा एमालेले कब्जा जमायो



बाजुरा ।

बाजुराको गौमुल गाउँपालिकामा ने.क.पा. एमालेबाट अध्यक्ष उम्मेदवार हरीबहादुर रोकाया र उपाअध्यक्ष सिता रोकाया (थापा) विजयी भएका छन् । अध्यक्ष उपाध्यक्ष संगैं गाउँपालिका भरी एमालेले कब्जा जमाएको हो । अध्यक्षका उम्मेदवार हरिबहादुर रोकायाले ३ हजार ४ सय ३४ मत ल्याएका छन् ।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका हिरेन्द्र बहादुर रोकायाले १४ सय ७० मत ल्याएर पराजय गरेका छन् । त्यस्तै उपाअध्यक्ष सिता रोकाया थापा)ले ३ हजार १ सय ९४ मत ल्याएर काँग्रेसकी उम्मेदवार उमा रोकायालाइ पराजित गरेकि छन् । उमा रोकायाले १७ सय ४४ मत ल्याएकि थिईन् । २०७४ सालको स्थानिय चुनाव हरि बहादुर रोकायाले २२ सय ४० मत ल्याएका थिए भने का‌ंग्रेसका देव बहादुर रोकायाले १४ सय ९१ मत ल्याएका थिए ।

त्यस्तै २०७४ को स्थानिय चुनावमा उपाअध्यक्ष सिता रोकाया थापाले २२ सय १ र कांग्रेस कि उमा रोकायाले १५ सय १० मत ल्याएकि थिइ्न । उपाअध्यक्ष लडेका सिता र उमा २०७४ पनि सँगै लडेका हुन् । गौमुल गाउँपालिकामा ६ वटै वडा पनि नेकपा एमाले विजयी हासील गरेको छ । गौमुल गाउँपालिकामा ३२ पदमा भएको निर्वाचनमा ३२ नै एमालेले विजयी हासील गरेको हो ।वडा नम्बर १ मा देव बहादुर रोकाया, २ मा देव बहादुर रोकाया, ३ मा गोरख बहादुर बोहोरा, ४ मा अम्मर बहादुर बिक, ५ मा कलक बहादुर सिंह र वडा नम्बर ६ मा प्रकाश बहादुर रोकाया विजयी भएका हुन् ।

२०७४ को स्थानिय चुनावमा नेपाली काँग्रेसले वडा नम्बर २ मात्र जितेको थियो, यसपालि भने कुनै पनि वडामा काँग्रेसले जित हासिल गर्न सकेन् । निर्वाचनमा कुटपिट धाँधली भएको भन्दै नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार हिरेन्द्र रोकाया मतगणना हुन अघि नै सदरमुकाम मार्तडी आईसकेका थिए । त्यस्तै निर्वाचनमा एकलौटी भएको भन्दै कांग्रेस उम्मेदवारले निवेदन सहित दिएका छन् ।यसैविच जिल्लाका पाँच पालिकामा मत गणना जारी छ भने बुढिगंगा र बुढिनन्दा नगरपालिकामा भने मतदान तथा मतगणना स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्