खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसको बञ्जरा विजयी



खोटाङ  । 

जेठ–२, खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्षमा पुनः नेपाली कांग्रेसका सालिकराम बञ्जारा विजयी भएका छन् ।

अघिल्लो स्थानीय तह सदस्य निर्वाचनमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित बञ्जारा यस पटक पनि गठबन्धनबाट विजयी भएका हुन्  ।

बञ्जाराले निकटतम प्रतिस्पर्धी एमालेका गोमा मगरलाई ४ सय ८७ मतान्तरले हराएका हराएका हुन्  ।  बञ्जाराले ३ हजार १ सयय ८१ मत पाउँदा मगरले २ हजार ६ सय ९४  लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्