भक्तपुरमा नेमकिपाको अग्रता कायमै



भादगाउँ ।

भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायम राखेको छ । भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा वडा नं १ देखि ३ सम्मको पाँच हजार ७३६ मतगणना भएको छ । जसमध्ये नेमकिपाको नगरप्रमुखमा सुनील प्रजापतिले तीन हजार ९५१ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ४३३, नेकपा ९एमाले०का रवीन्द्र्र लाछिमस्युले ३७१, नेकपा ९माओवादी केन्द्र०का तुल्सीभक्त सुवालले १४४ र स्वतन्त्रतर्फबाट सत्यराम त्वायनाले ३०४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेमकिपाका रजनी जोशीले तीन हजार ९९१, गठबन्धनका तर्फबाट नेकपा ९एकीकृत समाजवादी० पार्टीका ओमचरण अमात्यले २५२, नेकपाका इन्द्रमाया सुवालले १६५, नेकपा ९एमाले०का रञ्जना चापागाई खबुजाकले ३९८ मत प्राप्त गरेको छ ।

वडाध्यक्षमा नेमकिपाबाट क्रमशः १, २, ३ मा १८४६, ६१६, १४९४ मत प्राप्त गरेर अग्रता कायम राखेको छ । त्यसैगरी नेपाली कांग्रेसकाबाट ४२, ७८, २०६, एमालेबाट क्रमशः ३५४,११२,९२ र माओवादीबाट १९, ५१ र ५६ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्