सरितालाई कांस्य


काठमाडौं । 

नेपालकी सरिता श्रेष्ठले कोबे–ओसाका अस्टे«लिया कराते च्यायम्पियनसिपमा आइतबार कांस्य जितेकी छन् । महिला एकल कातामा सरिताले कांस्य जितेको कराते प्रशिक्षक राम थारूले जनाएका छन् ।

अस्ट्रेलियाको मेल्बर्नमा भएको प्रतियोगिताअन्तर्गत सरिताको स्पर्धामा १३ खेलाडी सहभागी थिए । प्रशिक्षक थारूका अनुसार सरिताले ३ खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा पराजित भएपछि सरिता कांस्यमै सीमित भइन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।