कांग्रेसले सात प्रदेशका कुन-कुन ठाउँमा कहिले गर्दैछ खुला सभा ?



काठमाडौं ।

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले सातै प्रदेशमा खुला सभा गर्ने भएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेसले खुला सभा गर्ने भएको हो ।

यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्न लागेको कांग्रेसले जनाएको छ ।

कांग्रेसको केन्द्रीय परिचालन समितिको निर्णयअनुसार सातै प्रदेशमा सभा गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले कहाँ कहाँ गर्दैछ खुल्ला सभा ?

१. वैशाख २१ गते प्रदेश नं १ को मोरङ
२. वैशाख २२ गते मधेस प्रदेशको धनुषा
३. वैशाख २३ गते बागमती प्रदेशको काठमाडौँ
४. वैशाख २४ गते गण्डकी प्रदेशको कास्की
५. वैशाख २५ गते लुम्बिनी प्रदेशको रुपन्देही
६. वैशाख २६ गते कर्णाली प्रदेशको सुर्खेत
७. वैशाख २७ गते सुदूरपश्चिम प्रदेशको कैलाली

प्रतिक्रिया दिनुहोस्