आज मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं ।

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक बस्न भएको छ । आज (आइतबार) बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ । दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले यसको निर्णय गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्