बसको ठक्करबाट स्कुटर चालकको मृत्यु



काठमाडौं ।

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । धादिङको बेनिघाट-३ शीतलबजारमा बस र स्कुटर आपसमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक गोरखा आँपपीपलका ३० वर्षीय विक्रम थापा मगर रहेको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ ।

आज बिहान पौने १० बजे दाङबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९२५ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१० प ३९८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेनिघाटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्