स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिह्न : भ्यागुतोदेखि गुलाफको फूलसम्म



काठमाडौं ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले आज (शनिबार) चुनाव चिह्न प्रदान गरेको छ ।

आयोगमा दल दर्ता गराएका दलहरूले दलगत चुनाव चिह्न पाइसकेका छन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले छुट्टै चिह्न पाएका छन् ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई यसअघि नै तय गरिएका विभिन्न ४० प्रकारका चिह्नमध्येबाट प्रदान गरिने बताए ।

स्वतन्त्र उम्मेदवारहरूका लागि निर्वाचन आयोगले भ्यागुतो, भुइकटहर, खसीको टाउकोदेखि गुलावको फूलजस्ता निर्वाचन चिह्न प्रदान गरेको अर्यालले बताए ।

स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची छ । त्यही सूचीअनुसार जिल्ला निर्वाचन कार्यालय हुँदै पालिका निर्वाचन कार्यालयले उम्मेदवारलाई चिह्न वितरण गर्ने उनले बताए ।

आयोगका अनुसार १२ हजार ७ सयको संख्यामा स्वतन्त्र उम्मेदवारहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्