७६ जिल्लाको मतपत्र छपाइ कार्य सकियो, दुर्गममा हेलिकोप्टरबाट ढुवानी हुँदै



यही ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७६ जिल्लाको मतपत्र छपाइ सकेको निर्वाचन आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रले १ करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सकेको आयोगका जनाएको छ ।

ढुवानीको काम धमाधम भइरहेको छ । दुर्गममा हेलिकोप्टरबमार्फत ढुवानी गरिएको आयोगले बतायो । आयोगका अनुसार अब भक्तपुरको मात्र मतपत्र छपाइ सक्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्