मौसम पूर्वानुमान : सातै प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना



काठमाडौं ।

देशका केही स्थानमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको उक्त विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्