त्रिविले वर्षायाम सुरु नहुँदै वर्षे विदा दिने



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले वर्षेयाम सुरु नहुँदै बिदा दिने निर्णय गरेको छ । आज (बिहीबार) बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

चालु शैक्षिक सत्र २०७९ को वर्षे बिदा दिएको छ । शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म २३ दिन बिदा दिएको हो ।

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे बिदा दिइने क्‍याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पस, विभाग र स्कुलहरूको हकमा विद्यार्थीहरूको नियमित परीक्षा भने यथावत सञ्चालन गर्ने सूचनामा उल्लेख छ भने नियमित परीक्षा भने नरोक्ने सूचनामा उल्लेख छ ।

यद्यपि वर्षायाम असारबाट सुरु हुने भएता पनि त्रिविले १ महिना अगावै विदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्