कक्षा १२ को परीक्षा समय स-यो



काठमाडौं । 

राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ गतेबाट सञ्चालन हुने कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो ।

बोर्डले हिजो आइतबार सार्वजनिक सूचना जारी गरी आउँदो जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिने कक्षा १२ को वार्षिक परीक्षाको समय तालिकामा परीक्षा सञ्चालनको समय बिहान ११ बजेदेखि २ बजेसम्म हुने गरी तालिका निर्धारण गरेको थियो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले सरोकारवालाले बोर्डलाई समय परिवर्तन गर्न अनुरोध गरेपछि बोर्डको बैठकले समय परिवर्तन गर्ने निर्णय गरेको बताउनुभयो । यसअघि दिउँसो २ बजेदेखि सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्