मिलन टेटे अर्को महिना हुने



काठमाडौं  । 

प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । स्पिन इभेन्ट्स प्रा.लि.ले पँर्व राष्ट्रिय टेबल टेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठ ७ देखि ९ गते सम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष सुमन शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको प्रतियोगितालाई सर्बन चिपालुले मुख्य प्रायोजनगरेको छ । प्रतियोगितामा तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल) सहित देशभरका विभिन्न जिल्ला तथा क्लबका खेलाडीहरूले सहभागिता रहने बताइएको छ ।

प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्स (जुनियर यु–१८), जुनियर गल्र्स सिंगल्स, क्याडेट ब्वाइज सिंगल्स (क्याडेड यु–१५), क्याडेट गल्र्स सिंगल्स, ब्वाइज सिंगल्स (१२ वर्ष मुनि), गल्र्स सिंगल्स (१२ वर्ष मुनि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (६० वर्षमाथि) गरेर ९ स्पर्धा रहनेछन् ।

झन्डै ९ लाख रुपैयाँ खर्च हुनु अनुमान गरिएको प्रतियोगितामा जुनियर ब्वाइज गल्र्स तथा क्याडेट ब्वाइज र गल्र्स सिंगल्स स्पर्धामा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।त्यस्तै, १२ वर्ष मुनितर्फ ब्वाइज, गल्र्स र भेट्रान्स (४०, ५०, ६० वर्षमाथि) का शीर्ष दुई हुनेले क्रमशः १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसमा सेमिफाइनलमा पराजित दुवै खेलाडीले जनही २५ सय नगद पुरस्कार पाउने पनि आयोजकले जानकारी दिएका छन् ।

प्रतियोगितामा ३ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । स्पिन इभेन्ट्सका चेयरमेन सुमन शाक्यले अहिले टेबल टेनिसमा रहेको अरू खेलमा पनि जाने लक्ष्य रहेको बताए । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले यो प्रतियोगिता एक हिसाबले ट्यालेन्ट हन्ट नै रहेको जुनियर खेलाडीले राष्ट्रिय टोलीमा आओस भन्ने रहेको बताए ।मिलनको एक वर्षअघि निधन भएको थियो । मिलनले अन्तर्राष्ट्रिय नखेलेको ४–५ वटा राष्ट्रिय खेलेको जुनियरमा दोस्रोसम्म भएका थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा पँर्व राष्ट्रिय खेलाडी श्रवण सिपालुको सहयोगमा हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्