ढकाल विश्वकै उत्कृष्ट निर्णायक



काठमाडौं । 

राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमातेक्वान्दो खेलमार्फत नामकमा एका नेपाली तेक्वान्दो निर्णायक दीपेन्द्र ढकालले थप ख्याति कमाएका छन् । काभ्रेका ढकाल रोयल स्पेनिस अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो प्रतियोगिता २०२२ माविश्वकै उत्कृष्ट निर्णायक घोषित भएकाहुन् । यसैकारण उनलाई गृह नगरमा गत शुक्रबार काभ्रेको पनौती नगरपालिकाले सम्मान गरी बधाई पनिदियो ।

गत वर्ष चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरीयता जीटू तेक्वान्दो च्याम्पियन सिपमा ढकाल उत्कृष्ट निर्णायक बन्न सफल भएका थिए । उक्त प्रतिस्पर्धामा उनले विश्वका ६५ भन्दा बढी राष्ट्रका निर्णायकलाई पछि पारेकाथिए। नेपाली निर्णायक ढकाल प्रथम बने बापत उनकै गृहनगरमा सम्मान गरेको मेयर भीम न्यौपानेले बताएकाथिए । पनौती नगरपालिका वडा नं ३ कुशादेवी निवासी ढकाल लामो समय देखि खेलकुद क्षेत्र तेक्वान्दोको रेफ्रीको रूपमा रहँदै आएका छन् ।

जुन मैदानबाट तेक्वान्दो खेलमा प्रवेश गरेको थिए आज त्यही मैदानमा आदरणीय व्यक्तित्व मेयर भीम न्यौपाने लगायतको हातबाट सम्मानित हुन पाउँदा आफूलाई थप खेल क्षेत्रको लागि खुसी मिलेको ढकालले बताए । ढकालले आगामी ओलम्पिकमा पनि निर्णायक बन्न पाउने भएको पनिबताए । तर, यसका लागि ओलम्पिकले छनोट गर्नुपर्ने भएकोले कतिको अवसर मिल्ने त्यो भविष्यमै छाडेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्