एमाले प्रतिवद्धतापत्रमा विकासका खाका


धादिङ ।

स्थानी तह निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेले सार्वजनिक गरेको प्रतिवद्धता पत्रहरु सार्वजनिक हुने क्रम बढे्को छ ।धादिङका सबै स्थानीइ तहमा आफ्नो उम्मेदवारी घोषणा गरेको एमालेले प्रतिवद्धतापत्रहरु सार्वजनिक गर्न थालेका छन् ।
नेकपा एमालेले सार्वजनिक गरेको जिल्लाको प्रतिवद्धतापत्रहरुमा एमालेको स्थानीय सरकार भएका गर्ने विकासका खाकाहरु सार्वजनिक भएको छ ।गाउँपालिकामा रिङरोड, मूख्य सडक पिच गर्ने, वडाको सडक ग्राभेल गर्ने, एक वडा एक कृषि पशु प्राविधिक, निशुल्क वुहारी उच्च शिक्षा, घरमा सुत्केरी हुने दरलाई सुन्यमा पुर्याउने, हरेक पालिकाले प्राविधि शिक्षा अध्यायन गर्नेहरुलाई निश्चित मापदण्ड तोकेर निशुल्क पढाइ दिने र अध्यायनपछि पालिकामा सेवा गर्ने अबसर प्रदान गर्ने, एक वडा एक एम्बुलेन्स व्यवस्था गर्ने, बालविवाह नगर्नेहरुका लागि पालिकाले बैँक खाता खोलेर अनुदान दिने लगायतका लोकप्रिय कार्यक्रम संचालन गर्ने प्रतिवद्धतापत्रहरुमा उल्लेख छ ।

कृषि उम्बुलेन्स संचालन, जेष्ठ नागरिकहरुलाई एकिकृत सेवा आश्रम संचालन गर्ने, टोलटोलमा कृषि विकास समिति गठन गरि कृषिका कार्यक्रम त्यस मार्फत गर्ने, सितभण्डारनिर्माण गर्ने, स्थानीय बनमा आधारित कृषि खेती गर्ने व्यवस्था गर्ने, एक घर एक धारा, एक घर एक रोजगारका लागि कृषि र उद्योगहरु संचालनको व्यवस्थापन गर्ने, सार्वजनिक विद्यालयमा अंग्रेजी माध्यामबाट पढाइ गर्ने, एक गाउँ एक उत्पादन चेपाङ।

कुमाल लगायतका लोपोन्मुख समुदायहरुको संग्राहलय निर्माण र संचालन गर्ने जस्ता विकासका कार्यक्रम गर्ने प्रतिवद्धताहरु सार्वजनिक भएको छ ।यस अघि एमालेले जितेका गाउँपालिकाहरुमा गरिएका विकासका कामहरुको प्रतिवद्धतापत्रमा समिक्षा समेत गरिएको छ ।

थाक्रे, गल्छी, धुनिबेसी, बेनिघाटरोराङ, गजुरी, सिद्धलेक, ज्वालामूखी, नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी, खनियाबास, रुबीभ्याली, गंगाजमुना, नीलकण्ठ नगरपालिकाले आफ्नो भूगोल विकासको अवस्था अनुसार काम गर्न सकिने र गर्नु पर्ने विषयहरु समेटेर प्रतिवद्धतापत्रहरु निर्माण गरेको नेकपा एमाले धादिङले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।