ललितपुरमा एकैपरिवारका पाँच जनाको मृत्यु


काठमाडौं ।

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ मा एकै घरमा चार जना मृत भेटिएका छन् । त्यस्तै थप १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ९ वर्षीय आशिष, २३ वर्षीया सुष्मा, ५५ वर्षीया काइँली स्याङ्तान रहेका छन् । त्यस्तै ७ वर्षीय आस्माको पनि मृत्यु भएको छ । प्रहरीका अनुसार उपचारको क्रममा दुई दिनको अर्का एक नाबालककोसमेत मृत्यु भएको छ । गम्भीर रहेका २२ वर्षीय शुभ तामाङको उपचार भइरहेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।