एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गर्ने मन्त्रिपरिषद्को निर्णय


न्युज अफ नेपाल, काठमाडौं ।

मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको छ । आइतबार बेलुकी संसद्‍ भवन नयाँ बानेश्वरमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएपछि बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । केहीबेरमा प्रतिनिधिसभाको बैठक बस्ने छ । उक्त बैठकमा एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुने तयारी छ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।