सेयर बजार आज १०१.२४ अंकले घट्यो



न्युज अफ नेपाल,काठमाडौं ।

साताको पहिलो दिन आज १०१.२४ अंकले सेयर बजार घटेको छ । ३.३९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७००.२८ झरेको हो ।

२ सय २७ वटा कम्पनीको १ करोड १६ लाख ६१ हजार ६६९ कित्ता सेयर खरिदबिक्री भएको छ । आज ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार रूपैयाँको सेयर किनबेच भएको हो ।

सबैभन्दा धेरै अपर तामाकोशीका सेयर घटेको छ । कारोबार भने सबैभन्दा धेरै भएको छ । सेयर मूल्य ८.३७ प्रतिशतले घट्दा पनि अपर तामाकोशीको ३२ करोड ८४ लाख ८ हजार ९ सय रुपैयाँको सेयर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्