राष्ट्र उत्थान लघुवित्तले साधारण सेयर निष्कासन गर्ने



काठमाडौं (नेस) ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँँ अंकित मूल्यमा आठ करोड ५० लाख रुपियाँ बराबरको आठ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्न लागेको जनाएको छ ।

कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कुल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र जारी पुँजी २६ करोडको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ७ लाख ९५ हजार ५ सय कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आउँदो फागुन ४ गतेदेखि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्