नेप्सेको सीईओमा कार्की



काठमाडौं (नेस) ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्की नियुक्त हुनुभएको छ । हालै बसेको मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।

नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो । रिक्त पदका लागि माग गरिएको आवदेनमा कार्कीसहित ११ जनाले आवेदन दिएका थिए ।

विभिन्न चरणमा छनौट गर्दा कार्कीसहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो । तीन जना मध्येबाट मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो । पाल्पा घर भएका कार्की नेपाल सरकारको उपसचिवबाट सेवा निवृत्त सरकारी कर्मचारी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्