प्रमोटर सेयर खरिद – बिक्रीको साथी मेगा क्यापिटल

0
Shares

काठमाडौं (नेस) ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, लघुवित्त, जलविद्युत् तथा उत्पादनमूलक कम्पनीको संस्थापक सेयरहरू खरिद(बिक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ ।

यसका लागि लगानीकर्ताले घरमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्वर ९८५१०६७५७८ मा वा मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जरमार्फत् म्यासेज पठाउन सकिने कम्पनीले जनाएको छ ।

धेरै लगानीकर्ताहरूले प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयरजस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले सेयर सम्पत्ति बन्धक भएका र आवश्यकताअनुसार बिक्री गरेर आर्थिक आवश्यकता पूरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका लगानीकर्ता बीच किनबेच र सेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुआत गरेको जनाएको छ ।

यसले पक्कै हाम्रा ग्राहक, शुभचिन्तक तथा प्रमोटर सेयर खरिद(बिक्री गर्न इच्छुक लगानीकर्तालाई ठूलो राहत मिल्ने विश्वास कम्पनीले लिएको छ ।