आजबाट १२ देखि १७ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्ध मोडर्ना खोप लगाउँदै


काठमाडौं ।

सरकारले आजबाट देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १७ वर्ष उमेर समूहका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसरा आजबाट सुरु हुने खोप अभियान १४ गतेसम्म लगाईने छ । । पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ।

यसअघि फाइजर खोप संचालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान संचालन हुनेछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।