धुलिखेलमा शुरु भयो नेपाल आईस मेयर कप फुटबल



मोतीराम तिमल्सिना, काभ्रे  ।

आकाश भैरव क्लवको आयोजनामा आईतबारबाट धुलिखेल सामुदायिक खेलमैदानमा नेपाल आईस धुलिखेल मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भएको थियो । उद्घाटन पछिको पहिलो खेल काठमाडौ युनिभर्सिटी धुलिखेल र एफसी रिले भक्तपुुर बीच भएको छ ।

 

धुलिखेल नगरपालिकाको सहकार्यमा आयोजना भएको प्रतियोगिताको मुख्य प्रायोजक सि जि ब्रुअरी प्रा.ली नेपाल रहेको छ भने टाईटल प्रायोजक योङ्ग ट्यालेन्ट टिम रहेको छ । सह प्रायोजक म्याक्स टाईगर इनर्जि ड्रिक, काभ्रे जिल्ला निर्माण ब्यवसायी संघ, क्षेत्रिय होटल एशोसिएसन, मनोविनायक साकोस काठमाडौ, अर्थभूमी साकोस काठमाडौ, लेखापढी ब्यवसायी संघ काभ्रे रहेका छन् । काभ्रे जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने उक्त प्रतियोगितामा विभिन्न संघ संस्थाहरुको सहयोग रहेको छ ।

धुलिखेलका १२ वटै वडाले विद्यागत पुरस्कार सौजन्य गर्ने प्रतियोगता पौष मसान्तमा सम्पन्न हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले नगद १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराईने प्रतियोगिता संयोजक जयोज नरसिं श्रेष्ठले बताउनु भयो । उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र म्यान अफ दि म्याच प्राग्त गर्ने खेलाडीहरुलाई नगद ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराउने श्रेष्ठले बताउनु भयो ।

 

फुटबल खेलको विकास, ब्यवसायीक खेलाडीको उत्पादन र काभ्रे जिल्लाको खेलकुद गतिविधिलाई गतिशिल बनाउन प्रतियोगिता हरेक वर्ष आयोजना गरिएको अध्यक्ष सुबल चोच्छेले बताउनु भयो । क्लवले यस अघि फुटबल र रग्वी प्रतियोगितामा राष्ट्रिय स्तरसम्ममा सहभागिता जनाएको छ । २०७७ मा जिल्ला लिग फुटबल प्रतियोगितामा विजयी भएको आकाश भैरव क्लवले नगर देखि राष्ट्रिय स्तरका खेलहरुमा सहभागिता जनाउँदै अन्य सामाजिक कृयाकलापमा पनि सहभागि हुँदै आएको छ । प्रतियोगितामा ए डिभिजन, सि डिभिजन क्लवका समेत गरी काठमाडौ, भक्तपुर, सिन्धुली र काभ्रे जिल्लाका क्लवहरु २० टिम सहभागि भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्