न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया जारी छ । कंग्रेस महाधिवेनमा सोमबार हुने मतदानका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ । कांग्रेसमा सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि शनिबार उम्मेदवारी दर्ता गराएका मध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
पदाधिकारीसहित खुला तथा विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरुलाई आफ्नो नाम फिर्ता लिन साढे १२ बजेसम्मको समय दिइएपनि निर्वाचन समितिले आधा घन्टा बढाएर १ बजेसम्म तोकेको थियो ।











प्रतिक्रिया