सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी, ३ बालकको जलेर मृत्यु



न्युज अफ नेपाल, काठमाडौं।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका(७ सर्सिङमा आगलागी हुँदा ३ बालकको जालेर मृत्यु भएको छ । सोमबार साँझ झन्डै ७ बजे सन्च तामाङको घर नजिकैको एक तले गोठमा आगलागी हुँदा उनीहरूको जलेर मृत्यु भएको डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए ।

मृत्यु हुनेहरूमा सन्च तामाङको ६ वर्षीय छोरा मनोज तामाङ, सुकमान तामाङको छोरा ५ वर्षीय मनिष तामाङ र साइला तमाङको छोरा ५ वर्षीय दिलबहादुर तामाङ छन् । उनीहरू खेल्न गएका बेला आगलागीमा परेका थिए ।

स्थानीय र प्रहरीको सक्रियतामा राति झन्डै साढे ८ बजे आगलागी नियन्त्रणमा आइसकेको डिएसपी बस्नेतले बताए । आगलागीमा परी अन्य क्षति नभएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्