सर्वोच्चको समस्या सुल्झाउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ : माधव नेपाल


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधव नेपालले अहिले सर्वोच्च अदालतमा  देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्नुपर्ने बताएका छन् । बिहीबार पार्टीको  सुदूरपश्चिम प्रादेशिक कार्यालय उद्घाटन कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै उनले अदालतको समस्या छिटो समाधान हुनुपर्ने बताए ।

उनले सर्वोच्चको समस्या समाधानका लागि पाँच दलीय गठबन्धनले पनि साझा धारणा बनाइसकेको  समेत उल्लेख गरे । गठबन्धन दलको बैठकले उक्त समस्या छिटो समाधान गर्ने निर्णय पनि गरेको उनले बताए ।

‘हाम्रो पाँच दलको गठबन्धनको बैठकले साझा धारणा बनाएर सर्वोच्च अदालतमा देखिएको समस्या छिटोभन्दा छिटो समाधान गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय पनि भएको छ । अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले समस्या समाधानका लागि पहल गर्नुपर्छ ।’  प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग्दै अधिवक्ताहरूले दैनिक जसो सर्वोच्चमा धर्ना दिइरहेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।