प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता



{“caption”:”u091cu0932u0935u093eu092fu0941 u092au0930u093fu0935u0930u094du0924u0928u0938u092eu094du092cu0928u094du0927u0940 u0968u096cu0914u0901 u0905u0928u094du0924u0930u094du0930u093eu0937u094du091fu094du0930u093fu092f u0938u092eu094du092eu0947u0932u0928 (u0915u094bu092au2013u0968u096c)u092eu093e u0938u0939u092du093eu0917u0940 u0935u093fu0936u094du0935 u0928u0947u0924u093eu0939u0930u0941u0915u094b u0936u093fu0916u0930 u092cu0948u0920u0915u0915u094b u0915u094du0930u092eu092eu093e u0917u094du0932u093eu0938u094du0917u094bu092eu093e u0938u094bu092eu092cu093eu0930 u092au094du0930u0927u093eu0928u092eu0928u094du0924u094du0930u0940 u0936u0947u0930u092cu0939u093eu0926u0941u0930 u0926u0947u0909u0935u093e u0930 u092du093eu0930u0924u0915u093e u092au094du0930u0927u093eu0928u092eu0928u094du0924u094du0930u0940 u0928u0930u0947u0928u094du0926u094du0930 u092eu094bu0926u0940 u0964 u0924u0938u094du092cu093fu0930 : u092du0940u0937u094du092eu0930u093eu091c u0913u091du093e, u0930u093eu0938u0938″,”photographer”:””,”alt_text”:””}

ग्लास्गो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन यहाँ आउनुभएका उहाँहरुबीच मङ्गलबार भेटवार्ता भएको हो ।

स्थानीय समयानुसार बिहान भएको मैत्रीपूर्ण भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ कसरी प्रगाढ र सुदृढ बनाउने भन्ने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले राससलाई जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई रासायनिक मलको आपूर्तिमा भारतले गरेको सहयोगको निरन्तताका लागि आग्रह गर्नुभएको थियो । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको आवश्यकता ठानेर नेपाललाई सहयोग गर्छौं भन्नुभएको थियो ।

यसैगरी प्रधानमन्त्री देउवाले दक्षिणी पश्चिमी सिमाना नेपालगञ्ज र महेन्द्रनगरबाट विमान प्रवेशबिन्दुको लागि स्वीकृति दिन भारतलाई आग्रह गर्नुभएको थियो । त्यसमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकतालाई आफूले सकारात्मक रुपमा लिएको बताउनुभएको सचिव पौड्यालले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण, भूकम्पपछिको पुनःनिर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भारतले गरेको सहयोगलाई निरन्तरता दिन पनि आग्रह गर्नुभएको थियो ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार राति संयुक्त अधिराज्य पुग्नुभएको थियो । यही कात्तिक १४ देखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ यही कात्तिक २६ गतेसम्म चल्नेछ । प्रधानमन्त्री देउवा पाचौँ पटक प्रधानमन्त्री भएपछिको यो उहाँको पहिलो विदेश भ्रमण हो ।

नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, विभिन्न मन्त्रालयका सचिव, उच्च सरकारी अधिकारी र सञ्चारकर्मीलगायत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्