शान्ति समाजद्वारा बुटवलमा दवाब मुलक कार्यक्रम सम्पन्न



यमलाल भुसाल, बुटवल  । 

संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा बुटवलको राजमार्ग चौराहामा मानवअधिकार तथा शान्ति समाजले दबाब मुलक कार्यक्रम गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले तालिवानमा कार्यक्रममा मानवअधिकारको रक्षा र शान्ति कायम गर्नका लागि संयुक्त राष्ट्रसंघले ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले ताना शाही शासन संसारमा कहि पनि टिक्न नसक्ने धारणा राख्नु भयो ।

पत्रकार महासंङ्घ रुपन्देहीका सभापति रामराज पोखरेलले शान्ति समाजले उठाउने हरेक विषयमा महासंघको ऐक्यबद्धता रहने बताउनु भयो ।

समाजले ‘अफगानिस्तानलाई नरक हुनबाट जोगाऔँ’,तालिबानको शासनमा मानवअधिकार कहाँ छ रु,तालिबानको शासनमा असुरक्षित महिलालगायत काप्लेकार्ड प्रदर्शन गरिएको थियो ।

तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेपछि यसको संसारभर विरोध भइरहेको छ ।आजकै दिन सन् अक्टोबर २४,१९४५ मा संयुक्त राष्ट्रसंघको आधिकारिक रूपमा स्थापना भएको थियो।युद्ध रोक्न, मानवअधिकारको रक्षा गर्न, जीवनस्तरलाई उकास्न, अन्तर्राष्ट्रिय कानुनको पालना गराउन, विभिन्न प्रकारको रोगसँग जुध्नेलगायतका काम गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो। विश्वहितको लागि काम गर्न संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न संस्था तथानिकायहरू रहेका छन्।

समाजका रूपन्देही सभापति डीपी खनालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको संचालनमा रहेको कार्यक्रममा केन्द्रिय सचिव मिना ढकाल,केन्द्रिय सदस्य बिष्णु भुसाल,पत्रकार महासंघ रुपन्देहीका सचिव बिनोद परियार,समाजका पूर्व जिल्ला सचिव तेजेन्द्र केसी,समाजका पदाधिकारी,कार्यसमिति सदस्यलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्