मुगुमा बस दुर्घटना २३ जनाको मृत्यु, १७ जना घाइते



न्युज अफ नेपाल, मुगु ।

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् । बाँकेको नेपालगन्जबाट सदरमुकाम गमगढी जाँदै गरेको बस पिना टपने झ्यारीखोलामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी रोमनाथ महतले जानकारी दिए ।

गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको उनले बताए । बसमा गाडीमा ३९ जना सवार रहेको पनि प्रजिअ महतले बताए । अहिले उद्धार कार्य जारी छ । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्